अन्य सामाग्री

कार्यक्रम गतिविधि पात्रो

हाम्रो बारेमा

देशमा सङघीय व्यवस्था लागू भए पश्चात प्रदेश सरकारहरु अस्तिवमा आए। नेपालको संविधानले प्रदेश सरकारको छुट्टै आर्थिक कार्यप्रणालिको प्रबन्ध गर्‍यो। सो मुताबिक प्रदेश सरकारले आफ्नै संरचना खडा गरी आर्थिक प्रशासन संचालनको कार्य आरम्भ गरे।

मधेश प्रदेश सरकारको सञ्चित कोषको सञ्चालन गर्ने प्रदेश लेखा नियन्त्रण कार्यालय अन्तर्गत रहेको यस कार्यालयको मूख्य जिम्मेवारी लेखा अद्यावधिक रुपमा राख्ने तथा सोको वार्षिक विवरण तयार गर्ने र तयार गरिएको वित्तीय विवरण प्रदेश लेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायत रहेको छ।

कार्यविवरण


क) प्रदेश लेखा नियन्त्रक कार्यालयको निर्देशन तथा शर्त अधिनमा रही प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने।
ख) बजेट निकासा सम्बन्धी कार्य गर्ने ।
ग) आवधिक रुपमा कोषको अवस्था तयार गर्ने र तालुक निकायमा पठाउने ।
घ) राजश्व, शोधभर्ना प्राप्त रकम, बेरुजु दाखिला लगायतको रकम सञ्चित कोषमा ट्रान्सफर गर्ने ।
ङ) निकासा भई खर्च लेखीएको रकम प्रदेश सञ्चित कोष खातामा खर्च लेख्ने ।
च) प्रदेश सरकारको कोष सञ्चालन सम्बन्धमा तोकिएका अन्य कार्य गर्ने गराउने । छ) आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्य गर्ने ।
ज) आन्तरिक नियन्त्रण प्रणाली र बरूजु फछौंटको स्थितिको निरीक्षण गर्ने ।
झ) आन्तरिक नियन्त्रण र लेखापरीक्षणको प्रभावकारीता लगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गराउने।
ञ) अनुगमन मूल्यांकनको वार्षिक प्रतिवेदन तयार गर्ने ।
ट) विभिन्न निकायहरुमा भएका सार्वजनिक खर्चहरुको स्थितिको सर्भे गर्ने गराउने ।
ठ) सार्वजनिक स्रोतको परिचालन गर्ने तथा सरकारी निकायहरुमा भएको आर्थिक कारोबारहरुको गतिविधिको निरीक्षण गर्ने ।
ड) प्रदेश तथा स्थानीय सञ्चित कोषको एकीकृत वित्तीय विवरण प्राप्ती, समायोजन र हिसाब भिडान सम्बन्धी कार्य गर्ने ।
ढ) प्राप्त विवरण तथा प्रतिवेदनहरुको जाँच गरी त्रुटी पाइए सुधार समेत गर्ने गराउने ।
ण) अर्थ मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयको निर्देशानुसारका अन्य कार्यहरु ।